• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
स्वास्थ्य
बीपी कोइराला प्रतिष्ठानमा हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन सुरु
प्रकाशित मिति: बिहीबार, फाल्गुण १०, २०७४

धरान १० फागुन ।  धरान स्थित बीपी कोइराला श्वास्थ्य बिज्ञान प्रतिष्ठानले आजदेखी हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन गरेको छ ।

बढ्दै गएको विरामीको चापका कारण आकस्मिक कक्ष खचाखच हुदा उपचारमा कठिनाई हुन थालेपछि प्रतिष्ठानले जिओपिडी भवनमा हाडजोर्नीको छुट्टै आकष्मिक कक्ष सञ्चालनमा ल्याएको हो । २० बेडबाट सञ्चालनमा ल्याइएको सो कक्ष विस्तारै थप गर्दै लैजाने प्रतिष्ठानका प्रवक्ता एवं हाडजोर्नी विभागका प्रमुख प्राध्यापक डाक्टर  पशुपति चौधरीले बताउनुभयो । 

प्रतिष्ठानमा अहिले प्रतिदिन ३ हजार भन्दा बढी विरामी उपचारका लागि पुग्ने गर्दछन् । सबै प्रकारका विरामीलाई आकष्मिक कक्षमा राखेर उपचार गर्दा विरामीले राम्रो उपचार नपाउने र चिकित्सकलाई समेत उपचारमा कठिनाई हुने गरेको थियो ।

यसैलाई मध्यनजर गरी हाडजोर्नी आकष्मिक कक्ष सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर राजकुमार रौनियारले बताउनुभयो । यस्तै उहाले अस्पतालभित्र सञ्चालित मेडिकल अब प्रतिष्ठानले नै सञ्चालन गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो । आइतबारदेखी प्रतिष्ठानले नै मेडिकल सञ्चालन गर्ने समेत बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले अस्पताल भित्र अस्तालले नै मेडिकल सञ्चालन गर्नुपर्ने निर्देशन दिएको थियो । दुई साता भन्दा लामो समयदेखि मेडिकल बन्द हुदा  विरामीहरुको उपचारमा समस्या भएको छ । 

Comments