• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
बिजनेस
धनकुटामा चौथो धनकुटा महोत्सव प्रर्दशनी तथा व्यापार मेला हुने
प्रकाशित मिति: बिहीबार, फाल्गुण १०, २०७४

ध‍नकुटा । आगामी फागुन २० गतेवाट धनकुटामा चौथो धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । 

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार, उद्योग, ब्यापार समुन्नत प्रदेश न १ को आर्थिक बिकासको आधार” भन्ने नाराका साथ फागुन २० देखि फागुन ३० गते सम्म महोत्सव हुन लागेको हो । आयोजक उद्योग बाणिञ्य संघ धनकुटाले धनकुटामा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएको हो ।

गत माघको अन्तीम साता बाटै महोत्सब गर्ने तयारी गरीए पनि धनकुटालाइ प्रदेश नम्वर एकको राजधानि बनाइनु पर्ने माग राख्दै भएको आन्दोलनका कारण सारीएको आयोजकले जनाएको छ । महोत्सवमा पर्यटकिय स्थलको प्रचारप्रसार, घरेलु उद्योगको उत्पादन, बिभिन्न संस्कृति झल्कने कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति बाल उद्यान आकर्षण रहने जनाएइको छ ।

एक लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राउदा तिन करोडको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको उद्योग बाणिञ्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो । महोत्सवमा १५० स्टल रहेने छन् ।

धनकुटा  महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक  प्रर्दशनी तथा व्यापार भेलालाई भव्य रुपमा सफल बनाउन  धनकुटा उद्योग बाणिज्य संघको अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा १ सय १ जनाको मुल आयोजक समिति र अन्य विभिन्न १४ वटा समितिहरु समेत गठन गरिएको छ ।

Comments