• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
अन्तर्राष्ट्रिय
सिरियामा भएकाे बमबारीमा २ सय ५० जनाभन्दा बढीको मृत्यु
प्रकाशित मिति: बुधबार, फाल्गुण ९, २०७४

एजेन्सी । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् । संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ ।

संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् । उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सिरियामा लगातार सर्वसाधारण मारिएका खबरहरु सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन । उसले सेनाविरुद्ध जहाँबाट आक्रमण गरेको हो त्यहीँ प्रतिकार गरिएको जनाएको छ । सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको जनाएका छन् । उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन् । सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ ।

राजधानी दमास्कस नजिक रहेको यो शहर विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो । रुसको समर्थन पाएको सरकारी सेनाले यो क्षेत्रलाई कब्जा मुक्त गर्ने प्रयास गरिरहेको छ । यसैबीच सिरियाली सरकारी सेना कुर्दिसको गढ मानिने आफरिन प्रवेश गरेको छ ।

टर्किस सेनाले अभियान चलाइरहेको सो गढमा सिरियाली सेना प्रवेश गरेपछि टर्किस सेनाले गोलाबारी गरी उनीहरुलाई हटाउने प्रयास जारी राखेको छ ।

Comments