• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
खेलकुद
झापा गोल्डकप अगामी फागुन १९ देखि संचालन हुने
प्रकाशित मिति: मंगलबार, फाल्गुण १, २०७४

बिर्तामाेड १ फाल्गुन । मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको तेस्रो संस्करण अगामी फागुन १९ गते देखि संचालन हुने भएको छ । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमले प्रस्तिपर्धा गर्ने भएका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै आगामी फागुन १९ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको मुल आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा भारतको सिक्किम युनाइटेड, तीन वटा विभागीय टोली सहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो । एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ ।

प्रतियोगिता आयोजनाबाट बचेको रकम झापाका ११ फुटबल क्लबको विकास र डोमालाल रंगशालाको प्याराफिट निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको छ ।

नकआउटको आधारमा सञ्ंचालन हुने प्रतियोगिताको बिजेताले नगद १२ लाख एकाउन्न हजार रुपैयाँ, ट्रफी र उपबिजेताले नगद ६ लाख रुपैयाँ, ट्रफी प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद २५ हजार पुरस्कार राखिएको छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने बताइएको छ । 

Comments