• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
बिजनेस
ताप्लेजुङमा  पाथीभरा महोत्सव तथा म्याराथन सुरु
प्रकाशित मिति: मंगलबार, फाल्गुण १, २०७४

ताप्लेजुङ १ फागुन । पूर्वि पहाडी जिल्ला ताप्लेजुङलाई प्रदेश नं १ कै पर्यटकिय क्षेत्र वनाउने उद्धेश्यका साथ  पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन आजबाट सुरु भएको छ । 


“ताप्लेजुङमा अवस्थित आस्था र विस्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्य संग साक्षात्कार गरौँ” भन्ने नारा सहित मंगलबारदेखि महोत्सव सुरु भएको हो ।

प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्दै ताप्लेजुङलाई एक नम्बर प्रदेशकै प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य महोत्सवको महोत्सवको रहेको छ ।

तीन दिन सम्म चल्ने  महोत्सवको मंगलवार विहान सदरमुकाम फुङलिङमा कलस शोभा यात्रा सहित शुभारम्भ गरिएको छ । कलस यात्रा सहित सदरमुकामको परिक्रमा पछि नयाँ रणभीम गुल्मको खेल मैदानमा औपचारिक रुपमा महोत्सवको उद्घाटन गरिएको छ ।

महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । प्रमुख आकर्षणको रुपमा रहेको पाथीभरा म्याराथन भने महोत्सवको अन्तिम दिन फागुन ३ गते हुने आयोजकले बताएको छ ।

सदरमुकाम देखि तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर सम्म म्याराथन दौड प्रतियोगिता हुने छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।

भने मुख्य प्रायोजकमा हिमालयन गाइड्स नेपाल टे«क्स एन्ड एक्सपिडिसन र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् । समापन कार्यक्रममा भने राष्ट्रपति विद्यादेवी भण्डारी आउनुहुने आयोजकले जनाएको छ । 

Comments