• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
पार्टी एकीकरणसंगै स्थायी सरकार : नेता प्रभाकर
प्रकाशित मिति: मंगलबार, फाल्गुण १, २०७४

सुनसरी १ फागुन । माओवादी केन्द्रका नेता जनार्जन शर्मा प्रभाकरले पार्टी एकीकरणसंगै स्थायी सरकार बन्ने र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुभएको छ ।

पूर्व मन्त्री समेत रहनु भएका नेता प्रभाकरले ऐतिहासिक रुपमा वामपन्थीहरु एक ठाउमा आइसकेको र पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै यसमा कसैले पनि शंका नगर्न आग्रह गनुभयो ।

नेता प्रभाकरले नेकपा माओवादी केन्द्र धरान नगर कमिटीले आयोजना गरेको  २३ आै जनयुद्ध दिवसमा सहभागी हुन तथा विश्व रेडियो दिवसको अवसरमा जनयुद्धकालीन रेडियो रेडियो गणतन्त्रको निरीक्षण गर्न सुनसरीको धरान आउनु भएको हो ।

उहाले दुई वटा पार्टीबीचमा कसले नेतृत्व लिने भन्ने कुरामा पनि सहमत भइसकेको बताउदै अब चाडै नै एकीकरण भएर वाम घटक एक ठाउमा आउने र स्थायी सकार निर्माण गर्ने बताउनुभयो ।

फरक प्रसंगमा नेता प्रभाकरले सञ्चार क्षेत्रको विकासमा रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाले जनयुद्धकालीन अवस्थामा सञ्चालित रेडियोहरु धमाधम बन्द भएको प्रति चिन्ता व्यक्त गर्दै अब फेरि यस्ता रेडियोहरु सञ्चालनमा नीति बनाएर अगाडि बढ्ने आश्वास समेत दिनुभयो ।

नेता प्रभाकरले धरान १२ चतरा लाइनमा रहेको रेडियो गणतन्त्रको समेत निरीक्षण गर्नुभएको छ । 

Comments