• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
आज महाशिवरात्रि पर्व धुमधामका साथ मनाइँदै
प्रकाशित मिति: मंगलबार, फाल्गुण १, २०७४

काठमाण्डौ १ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ ।

हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

व्रतमध्ये सर्वाेत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशका विभिन्न भागका साथै भारतका तीर्थयात्रीको घुइँचो लागेको छ । पुर्वको पशुपती नाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वरधाममा पनि भक्तजनहरुको घुइचो छ । 

Comments