• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
दुहवीमा बसले ३ जनालाई एकैपटक ठक्कर दियो, एकजनाको मृत्यु
सुमन सुस्केरा प्रकाशित मिति: मंगलबार, फाल्गुण १, २०७४

विराटनगर, १ फागुन। सुनसरीको दुहबीमा भएको सावारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । २ जना घइते भएका छन् ।

ईटहरीबाट विराटनगर तर्फं जाँदैको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै तिन जनालाई ठक्कर दिएको हो ।

पैदलयात्री सुनसरी बराहा नगरपालिका ६ बस्ने बर्ष ६५का डेगराज रिजाल, बर्ष ३० का सन्तोष कोईराला र अर्का साईकल यात्री दुहवी ४ का बर्ष १७ का रबिन चौधरीलाई ठक्कर दिएको हो  । रिजाल र कोईराला पैदलयात्री र चौधरी साईकल यात्री रहेको प्रहरीले जनाएको छ ।

घाईते तिनै जनाको बिराटनगरमा रहेको गोल्डेन अस्पताल र न्युरो अस्पतालमा उपचारका लागि ल्याईएकोमा डेगराज रिजालको गोल्डेन अस्पतालमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।  अन्य २ जनाको उपचार भईरहेको छ ।

Comments