• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
राष्ट्रिय
प्रदेश १ काे सभामुखमा एमालेबाट प्रदीपकुमार भण्डारीको उम्मेदवारी
सुमन तिाल्सीना प्रकाशित मिति: आइतबार, माघ २८, २०७४

बिराटनगर २८ माघ । प्रदेश एकमा एमाले संसदीय दलको बैठकले प्रदीपकुमार भण्डारीलाइ सभामुखको उम्मेद्वारका लागि  सर्वसम्मत निर्णय गरेको छ ।

आज दिउँसो बसेको एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो । सुनसरी क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भण्डारी धरान–१३ निवासी हुन् ।

मुख्यमन्त्री संस्थापन पक्षका शेरधन राई हुने पक्का भएसँगै राईकै प्रस्तावमा नेपाल समूहका भण्डारीको नाम सर्वसम्मतले निर्णय गरिएको हो । एमाले नेता भीम आचार्यले भण्डारीको नाममा सर्वसम्मत भएको जानकारी दिनुभयो ।

सभामुखको मनोनयनका लागि आज ३ बजेसम्मका लागि समय तोकिएको छ भने सोमबार संसदमा निर्वाचनमार्फत सभामुख चयन हुनेछ । कांग्रेसले भने सभामुखलाई सर्वसम्मत बनाउने भन्दै उम्मेद्वारी नदिने जनाएको छ ।

कांग्रेसका नेता तथा प्रदेशसभा सांसद केदार कार्कीले सभामुख भनेको सबैको भएको र एमालेकै बहुमत भएका कारण उम्मेदवारी नदिएको जानकारी दिनुभएको छ । उपभासमुखका लागि भने बाम गठबन्धनबाट माओवादीको भागमा परेको छ ।

माओवादीले अहिलेसम्म कुनै नाममा सहमति जुटाएको छैन । चर्चामा भने सुनसरीकी सरस्वती पोखरेल, उमिता विश्वकर्मा र पाँचथरकी सीता थेबेको नाम रहेको छ । 

Comments