• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
सुदूरपश्चिम विश्वविद्यालयका कुर्सी उल्टाईए
डिल्लीराज पन्त प्रकाशित मिति: आइतबार, माघ २८, २०७४

कञ्चनपुर,२८  माघ ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयका गाडी दुरुपयोग भएको भन्दै पाँच गाडी (जिप) का चाबी नियन्त्रणमा लिएको छ ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय महेन्द्रनगरबाट क्रान्तिकारीले पाँच जिपका चाबी निन्त्रणमा लिएको हो भने क्रान्तिकारीले डिन, उपकुलपति, रजिष्ट्रार ,लेखा अधिकृत, उप प्रशासक लगायतका अधिकृतका कुर्सी समेत बाहिर ल्याएर उल्टा फकाईदिएका छन् । 

सुदूरपश्चिम  विश्वविद्यालयका गाडी चरम दुरुपयोग र कार्यालयमा आफुखुसी आउने भन्दै विगत देखिनै विद्यार्थि संगठनले  अघि सारेका मागका विषयमा सम्बन्धीत निकायले वेवास्ता गरेका कारण विश्वविद्यालयको बेथिति बिरुद्धमा आन्दोलन शुरुवात गरिएको नेता  सिके भट्टले वताउनु भएको छ ।

साथै सुप विश्वविद्यालयका सवारी साधन कार्यालयको कामकाज भन्दा पनि व्यक्तिगत प्रयोजनका लागि बढि दुरुपयोग र निजी काममा बढि प्रयोग हुने, भारतिय वजार बनबासा लगायतका बजारदेखि सरकारी गाडीमा मदिरा लगायतका सामान ओसार्ने काम भईरहेका भन्दै दुरुपयोग रोक्न चाबी नियन्त्रणमा लिएको विद्यार्थि नेताको आरोप थियो । 

त्यस्तै अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बीरेन्द्र राज विष्टले क्रान्तिकारीले सुप विश्वविद्यालय सुुधारका लागि पटक पटक ज्ञापन पत्र बुझाउदा पनि डिनले बेवास्ता गरेका कारण बाध्य भएर डिनले चढ्ने गाडीका चाबी नियन्त्रणमा लिएको र नियमित कार्यालयमा आई सुदूरपश्चिम विश्वविद्यालयको काम कार्वाही नगरुन्जेल चावि हस्तान्तर नगर्ने  बताउनु भएको छ ‘

शिक्षा संकायका डिन गोबिन्द विष्ट, ईन्जिनियरिङ्ग संकायका डिन किसन दत्त भट्ट, मानविकी संकायका डिन चन्दन सिह बोहरा, व्यवस्थापन संकायका डिन पदमकान्त जोशी र विज्ञान संकायका डिन पुर्ण बहादुर चन्दले चढ्ने जिपका चाबी नियन्त्रणमा लिएको छ । 

क्रान्तिकारीले डिन लगायत, उपकुलपति भूषण श्रेष्ठ, रजिष्ट्रार द्विजराज भट्ट, लेखा अधिकृत अशोक सिह भण्डारी, उप प्रशासक गोबिन्द वल्लव पन्त लगायतका अधिकृतका कुर्सी समेत बाहिर ल्याएर उल्टा फकाईदिएका छन् । 

क्रान्तिकारीले सुप विश्वविद्यालयका सबै सवारी साधनमा पहिचानका लागि सुप विश्वविद्यालयको लोगो राख्नुपर्ने सुझाव दिएका छन् । 

पदाधिकारीकै कारण सुव विश्वविद्यालय धरापमा पर्दै गएको क्रान्तिकारीको विद्यार्थि संगठनको दावि छ । क्रान्तिकारीले सुप विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रारले फिल्डमा आएर काम गर्नुको साटो राजधानी बस्ने गलत प्रवृतिका कारण पनि विश्वविद्यालयमा समस्या निम्तिएको र जसका कारण आफुहरुले पटक पटक आन्दोलन गर्नु परिरहेको विद्यार्थी नेताहरुको भनाई रहेको छ ।

समयमै रिजल्ट समेत प्रकाशित नहुने सबै विभागका विभागिय प्रमुख नियुक्ती नहुने समस्या देखिएको छ ।  क्रान्तिकारीको आन्दोलनका कारण सुप विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज समेत प्रभावित भएको छ । 
सुप विश्वविद्यालय केन्द्रीय कार्यालय प्रसाशनले भने गाडी दुरुपयोग भएको बारे आधिकारित जानकारी नआएको जानकारी दिएको छ । 
क्रान्तिकारीले भने गाडी दुरुपयोग रोक्न सुप विश्वविद्यालय सहमत र क्रान्तिकारीले अघि सारेका माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

Comments