• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
संघीयताको प्रारम्भिक अनुभव सुखद : अध्यक्ष ओली
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४

काठमाण्डौ २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको प्रारम्भिक अनुभव सुखद रहेको टिप्पणी गर्नुभएको छ । 

आज काठमाडौमा म्यानेजमेन्ट एसोसियसन अफ नेपालको ३७ औ अधिवेशन  उद्घाटन गर्दै ओलीले संघीयताका बिषयमा शुरुमा धेरै समस्या आउलान् भनेर सोचेको भएपनि त्यस्तो नभएको बताउनुभयो ।

सभामुख, उपसभामुख चयन भइरहेको, मुख्यन्त्री चयन प्रकृयामै रहेको र लोकतान्त्रिक प्रक्रियाबाट सबै काम अघि बढिरहेको उहाको भनाई थियो ।  उहाले राजनीतिक संक्रमण लगभग टुंगिएको भन्दै अव विकास र समृद्धिको बाटोमा अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो । त्यसका लागि अव राजनीतिक प्रतिस्पर्धा नभई एक प्रदेशले अर्को प्रदेशसँग विकासमा प्रतिस्पर्धा गर्नु पर्ने ओलीको भनाई छ ।

उहाले नेपालमा शान्ति र स्थायीत्व खल्बलाउने प्रयास भएपनि अव त्यो संभव नहुने धारणा राख्नुभयो ।

Comments