• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४

काठमाठ्डौ २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिसमक्ष बुझाएको छ ।
 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा र्पुयाउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ ।

तीन जना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालको भनाइ छ । तीनजना मनोनयनका लागि भने सरकारले सिफारिस गरिसकेको छ । ।निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ ।

दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम भने भोलि साँझसम्म बुझाइसक्नुपर्नेछ । ।दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमबार वा मंगलबारै अन्तिम परिणाम बुझाउने तयारी आयोगको छ । आयोगले प्रतिनिधिसभाका निर्वाचितहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।

Comments