• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
नेपाली व्यवसायी धराशायी हुने कुनै पनि विदेशी संस्थालाई स्थापना गर्न नदिने : प्रचण्ड
आनन्द पोखरेल  प्रकाशित मिति: शनिबार, माघ २७, २०७४

चितवन, २७ माघ । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालले भरतपुरको रामनगरमा निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उक्त भवनको शनिबार शिलान्यास गर्नुभएको हो ।

भवनको शिलान्यास गर्दै दाहालले नेपाली व्यवसायी धराशायी हुने गरेर कुनै पनि विदेशी संघसंस्थालाई नेपालमा स्थापना गर्न नदिने उल्लेख गर्नुभयो । भवन शिलान्यासका कार्यक्रममा प्रदेश नम्बर ३ अन्तर्गतको भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डाक्टर वंशी शर्माले पोल्ट्री क्षेत्रमा नेपाल आफै सक्षम भएकोले कुनै पनि विदेशी उद्योगलाई यहाँ स्थापना गर्न नदिन आफू लागिपरेको बताउनुभयो ।

पोल्ट्री क्षेत्रमा विदेशी उद्योग ल्याउनको लागि केही व्यक्तिहरु तयारी भएकोले सधैँ चनाखो हुनुपर्ने शर्माको भनाइ छ । 

नेपाल भरीका सात सय जना सदस्य रहेको नेपाल अण्डा उत्पादक संघले भरतपुरमा तीन कठ्ठा तीन धुर जमिनमा दुई तले भवन निर्माण गर्न लागेको हो । ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको संघका महासचिव त्रिलोचन भट्टराईले जानकारी दिनुभयो । 

Comments