• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
राष्ट्रिय
तमोर नदीकाे मोटरेवल पुल निर्माणको काम पुनः रोकियाे
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४

तेह्रथुम​ । तेह्रथुम र पाँचथरलाई जोड्ने तमोर नदीको लुमुघाटस्थित मोटरेवल पुल निर्माणको काम पुनः रोकिएको छ ।

पुल निर्माणमा विभिन्न वाहाना देखाउँदै ढिलाई गर्दै आएको निर्माण कम्पनीले  कमशल सामाग्रीको प्रयोग गरेको आरोप लागेपछि निर्माणको काम ठप्प भएको हो । निर्माणमा प्रयोग भइरहेका सामाग्रीको परीक्षण नगरी तत्काल काम अघि नबढ्ने भएको छ

। पुल निर्माणमा ढिलाई भइरहेको भन्ने स्थानीयबासीको गुनासो सुन्न अनुगमनमा पुगेका जनप्रतिनिधिले निर्माणमा प्रयोग भइरहेका सामाग्रीको विषयमा प्रश्न उठाएका थिए । जनप्रतिनिधिहरुको चौतर्फी दबाबपछि निर्माण कम्पनीले प्रयोग गरिरहेका सामाग्रीप्रति प्रश्न खडा भएको छ ।

म्याङलुङ्ग–याशोक सडक खण्ड अन्तर्गतको यो पुल निर्माणको काम सडक डिभिजन कार्यालय धनकुटाले ठेक्कामार्फत स्वच्छन्द निर्माण सेवा, काठमाडौँलाई दिएको थियो । तीन वर्षमा सक्ने गरी कामको जिम्मा लिएको सो कम्पनीले साढे पाँच वर्ष बितिसक्दा पनि चालिस प्रतिशित मात्रै काम गरेको छ ।

निर्माण कम्पनीले नाकाबन्दी, बाढी पहिरो, ढुवानीमा सडकको समस्या लगायत कारणहरु देखाएको छ । १५ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै आएको छ ।

पुल निर्माणमा कमशल सामाग्री प्रयोग भएको आशंका भएपछि अहिले काम रोकिएको साइड इन्जिनियर प्रमोद न्यौपानेले बताउनुभयो । 

Comments