• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
बिएस्सी सिएसआइटी तहका बिद्यार्थीहरु आन्दोलित
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४

काठमाण्डौ । परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाई भएको भन्दै त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको बिएस्सी सिएसआइटी तहका बिद्यार्थीहरु आन्दोलित भएका छन् । 

बिएस्सी सिएसआइटी ४ वर्षभित्र सम्पन्न हुने कोर्स भए पनि त्रिविको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हुने ढिलाइले निर्धारित समयमा सम्पन्न हुन नसकेको भन्दै बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।

बिद्यार्थीहरुले आज काठमाडौको माईतिघरमा बिरोध प्रर्दशन गर्दै परिक्षा समयमा नै सञ्चालन गर्नुपर्ने र नतिजा एक महिना भित्रै प्रकाशित गर्नुपर्ने माग गरेका छन् । ४ वर्षमा सम्पन्न हुने कोर्सलाई बिश्वबिद्यालयको लापरबाहीका कारण ५ बर्षभन्दा बढि समय लाग्दा आफ्नो भविष्य नै अन्यौलमा परेको उनीहरुले बताएका छन् ।

सिएसआईटी तहको अध्ययन सेमेस्टर प्रणालीमा गर्न पाइने भएपछि हौसीएका विद्यार्थीले अहिले त्रिभुवन विश्वविद्यालयकै कारण पीडित बन्न बाध्य भएको गुनासो गरेका छन् ।

बिद्यार्थीहरुले यसअघि बढाईएको १५ प्रतिशत बढेको शुल्क खारेज गर्नुपर्ने  तथा व्याक पेपरका बिद्यार्थीहरुलाई छुट्टै परिक्षाको व्यवस्था गर्न पनि माग गरेका छन् ।

Comments