• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
खेलकुद
दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा आर्मी र प्रहरीको टिम बिजयी
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४

उर्लाबारी  मोरङको रतुवामाई स्थित दाम्राभिट्टामा जारि दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा आजपनि दुईवटा खेलहरु हुनेछन् ।

आजको क्वाटर फाईनल खेल ससस्त्र प्रहरी बल पकली र दमक बहुमुखी क्यामपस बिच हुने र दोस्रो क्वाटर फाईनल खेल आयोजक त्रिबेणी भलीबल क्लब र बुलेट गाईज भलिबल क्लब सोमबारे बिच हुने आयोजक समितीका सदस्य रमण लुईटेलले जानकारी दिनुभयो ।

यस्तै हिजो  भएको क्वाटर फाइनल खेलमा आर्मी र प्रहरीको टिम बिजयी भएका छन । पहिलो क्वाटर फाइनल खेल १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र डुम्राह भलिबल क्लब झुम्का बिच भएको थियो ।

पहिलो खेलमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर सोझो सेटमा बिजयी भएको हो । दोस्रो क्वटर फाईनल खेलमा सुर्यदल गण खनार र दमक भलिबल क्लब झापा बिच भएको थियो । सो खेलमा सुर्यदल गण खनारले सोझो सेटमा जित सुनिस्चित गरेको  हो ।

माघ २७ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले ५१ हजार पाउने छन ।

Comments