• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
ताप्लेजुङमा स्नातकाेत्तर पढाईका लागि श्रीमद भागवत सप्ताह महायज्ञ सुरु
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४

ताप्लेजुङ । झण्डै तिन दशक अघि स्थापना भएको जिल्लाकै पुराने पाथिभरा बहुमुखि क्याम्पसको स्तरउन्नतीका लागि आजबाट श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । 

क्याम्पसको भौतिक पूर्वाधार तथा संकाय थप गर्दै तह बृद्धिका लागि आजवाट सप्ताह संगीतमय श्रीमद भागवत ज्ञान माहायज्ञ शूरुभएको हो ।  माहायज्ञको पहिलोदिन सदरमुकाम फुङलिङमा शोभाकलस यात्रा गरिएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं ६ को पाथिभरा मन्दिरवाट सुरु भएको कलस यात्रा विरेन्द्र चौक, किराँतेश्वर मन्दिर तोक्मे डाँडा, पुरानो वैङ्क, वुद्ध चौक हुँदै क्याम्पस पुगेर महायज्ञको औपचारीक सुरुवात गरिएको क्याम्पस प्रमुख मोहन राईले जानकारी दिनुभयो ।

कलस यात्रामा विभिन्न जातजातिको झाँकि, विद्यार्थी, नगरवासी, प्राध्यापकहरुको उपस्थिति रहेको थियो । अहिले सम्म पनि सिङ्गो ताप्लेजुङ जिल्लामा स्नातकोत्तर पढाई हुने क्याम्पस नभएकाले स्नातकोत्तर पढाई गर्न आर्थिक संकलनको लागि महायज्ञको आयोजना गरिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष गजेन्द्र तुम्याङ्ले वताउनु भयो । 

महायज्ञबाट संकलित रकमले शिक्षा शास्त्र संकाय तर्फ स्नातकोतर तह संञ्चालन गर्ने र जिर्ण भएका भवन निर्माण गर्ने तयारी रहेको  वताईएको छ । महायज्ञमा पंण्डित रमेश कोईरालाले कथा बाचन गर्नुहुने भएको छ ।

संकाय र तह थप नगर्दा हाल पाथिभरा बहुमुखि क्याम्पसमा विद्यार्थीहरुले स्नातक सम्म मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय मात्र अध्यायन गर्नुपर्ने बाध्यता रहेको छ ।

Comments