• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
बिजनेस
जैविक धार्मिक पर्यटन मार्गको ट्रयाक खोल्ने काम सुरु
डिल्लीराज पन्त प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४

कञ्चनपुर, २३ माघ । कञ्चनपुरको चुरे फेदको रौटेला –ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्गले जोडिने भएको छ । भीमदत्त नगरपालिकाले रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटन मार्ग बनाउन सो क्षेत्रमा ट्रयाक खोल्ने कामको थालनी भएको छ ।

भिम दत्तनगरपालिका वडा नम्वर १ रौटेलादेखि चुरेको भेदै भेद वडा नम्वर ९ ब्रह्मदेबसम्म झण्डै १५ किलोमिटर जैविक–धार्मिक मार्ग निर्माण शुरु भएको छ  ।

भीमदत्त नगरपालिका वाट चालु आर्थिक वर्ष ०७४/०७५को आन्तरीक श्रोत वाट विनियोजित ९५ लाख वजेट वाट पहिलो चरणमा मार्गका लागी ट्रयाक खेलिने छ ।गत हप्ता भिमदत्त नगरपालिका का मेयर सुरेन्द्र विष्ट लगायतको टोली सहित सरोकारावाला निकायका प्रतिनिधिले यस क्षेत्रमा स्थलगत निरीक्षण गरेपश्चात सोमवार देखी निर्माणकार्य सुरु गरेको हो । 

निरीक्षणका क्रममा स्थानीय र सामुदायिक वनका प्रतिनिधिसित जैविक मार्ग निर्माणका लागि सुझाव लिइएको थियो। नगरपालिकाले रौटेलादेखि ब्रह्मदेबसम्म पर्ने धार्मिक र पर्यटकीय स्थललाई मध्यनजर गरी जैविक मार्ग बनाउन लागेको हो ।

यस क्षेत्रमा ब्रह्मदेबको सिद्धनाथ मन्दिर, झिलमिली ताल, भम्केनी धाम, विष्णु मन्दिर साकेत धाम, रौटेला मन्दिर लगायतका धार्मिक स्थल छन् । 

धार्मिक, पर्यटकीय सहित स्थानीयलाई यातायात सेवा पुगाउन जैविक मार्ग बनाउन लागिएको र चालु आर्थिक वर्षमा सडक निर्माण कार्य सुरु गरी रौटेला ब्रह्मदेब जैविक मार्ग  छिटो सञ्चालन गर्न नगरपालिका सक्रिय रुपमा लाग्ने भिमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

रौटेला ब्रह्मदेब जैविक मार्ग बनेपछि धार्मिक पर्यटन विकाससंगै संरक्षण क्षेत्रमा टेवा पुग्ने छ ।  टोलीले बाराकुण्डाको बैजनाथ सामुदायिक वनमा पर्ने विभिन्न तालको समेत निरीक्षण गरेको थिए .

Comments