• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
मोफसल समाचार
दमकमा चौथो सडक खाना महोत्सव २०७४ हुने
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४

दमक । सडक मै पकाउ सडक मै खाउ सडक मै रमाउ भन्ने मुल नाराका साथ झापाको दमकमा चौथो सडक खाना महोत्सव २०७४ हुने भएको छ । होटल व्यवसायी संघ झापा माईपश्चिम क्षेत्रीय समितिको आयोजनामा महोत्सवको हुन लागेको हो ।

अयोजकले शनिबार दमकमा पत्रकार सम्मेलन गरि यहि फागुन ३ गते देखि ५ गतेसम्म संचालन गरिने महोत्सव आयोजक समितिका संयोजक सुधिर प्रधानले जानकारी दिनुभयो ।

दमक ५ स्थित आकाशे पुल नजिकै आयोजना हुन लागेको महोत्सवमा विभिन्न जातिय परम्पराका खाना लागायतका ४३ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सवमा करिब १ लाख आन्तरिक तथा बह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको होटल व्यवसायी संघ माईपश्चिमका अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो ।

महोत्सवमा धिमाल, राई, लिम्बु, मारवाडी, नेवार  लगायतका जात जातिहरुको जातिय मौलिक परम्पराका खानाका परिकारहरु राखिने अध्यक्ष दंगालले जानकारी दिनुभयो ।

करिब १२ लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट १५ लाख रुपैया आम्दानी हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलित रकम व्यवसायिक हितका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

Comments