• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
बिजनेस
निगाले सिमेन्ट उद्योगमा ताला
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४

धनकुटा २० माघ । उद्योगवाट निस्कने धुलो नियन्त्रणको माग राख्दै धनकुटाका छथरजोरपाटी गाउँपालिका वडा नंं ६ का स्थानीय वासिन्दाले निगाले सिमेन्ट उद्योगमा ताला लगाएका छन् । 

उद्योगवाट निस्कने धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेपनि सुनवाइ नभएको भन्दै स्थानीय वासिन्दाले तालावन्दी गरेका हुन् ।

उद्योगवाट निस्कने धुलोले किसानले रोपेको तरकारी, खानेपानी प्रदुषित भएको , पशुपंक्षत्री विरामी हुन थालेकोले उद्योगमा अनिश्चितकालीन् ताला लगाएको धुलो प्रभावित क्षेत्रका स्थानीय दिपक गुरुङले बताउनुभयो ।

तरकारी उत्पादनको पकेट क्षेत्र सिधुवा आसपासका गाउँमा रायो साग, काउली र बन्दामा सिमेन्टको धुलो पत्रैपत्र भएर बस्ने गरेको छ । छ । सिमेन्ट उद्योगबाट निस्केको गन्धले गाउँका मानिसमा टाउको दुख्ने, वान्ता आउने लगायतको समेत समस्या बढेको स्थानियले  बताएका छन् ।

घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले स्थानीय घाँस खान छाडेका छन् । पालेको गाईभैसीमा गर्भधान हुन छाडेको  समेत उनिहरुको आरोप छ । यो उद्योग आसपास रहेको नामजाङ, सल्ले, जोरपाटी, सिधुवाबजार, चपरीचौक लागायत गाउँ प्रभावित भएको स्थानियको भनाई छ । 

Comments