• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
खेलकुद
खेलेरै बाँच्न सक्ने आधार तयार गर्छौँ  :सदस्य सचिव विष्ट
आनन्द पोखरेल प्रकाशित मिति: शनिबार, माघ २०, २०७४

चितवन, २० माघ , राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले खेलाडीहरुलाई कुनै पनि खेल खेलेरै बाँच्ने आधार तयार पर्ने बताउनुभएको छ ।

खेलकुदमा लागेका व्यक्तिले राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने भएकाले उनीहरुलाई खेरेरै बाँच्ने आधार बनाउन लागिएको विष्टले बताउनुभयो ।

नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको तीन दिने तेकवान्दो प्रशिक्षणको उद्घाटन गर्दै विष्टले खेलकुदको क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । खेलकुदमा लागेका व्यक्तिहरु सबैभन्दा बढी देशभक्त र अनुशासित हुने विष्टको भनाइ थियो ।

खेल जीवन सकिए पछि पनि खेलाडीलाई बाँच्न सहज होस् भनेर भत्ताको व्यवस्था गरेको भन्दै अब यस क्षेत्रमा उनीहरुको भविष्य उज्ज्वल रहेको विष्टको भनाइ छ । 

कन्टिनेन्टल तेकवान्दो डोजाङ र गैंडाकोट तेकवान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रशिक्षणमा दक्षिण कोरियाबाट आएका चार जना प्रशिक्षकले प्रशिक्षद दिँदैछन् ।

खेलाडीहरुलाई आत्मविश्वासी बनाउनको लागि विदेशी प्रशिक्षक ल्याएर जिल्लाका खेलाडीहरुलाई प्रशिक्षण सुरु गरिएको नेपाल तेकवान्दो संघ नवलपुरका अध्यक्ष राजु भुषाले बताउनुभयो ।

Comments