• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
अन्तर्राष्ट्रिय
अमेरिकी कंग्रेसद्धारा एउटा विवादित कागजात सार्वजनिक
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४

एजेन्सी । अमेरिकी कंग्रेसले एउटा विवादित कागजात सार्वजनिक गरेको छ । जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

सो कागजात सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित रहेको छ ।

यो ज्ञापन रिपब्लिकन पार्टीका सांसदले तयार पारेको र गत राष्ट्रपतीय निर्वाचनका अभियानका क्रममा गुप्तचर अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ ।

डेमोक्रेटिक पार्टी यो कागजातलाई सार्वजनिक गर्न रोक्ने पक्षमा छ । डेमोक्रेटिक पार्टीले गुप्त जानकारीमा आधारित यो ज्ञापन सार्वजनिक गरेर ट्रम्पको विरुद्ध जारी अनुसन्धान भड्काउने कोसिस हुने जनाएको छ ।

डेमोक्रेटको विरोधकैबीच कंग्रेसका सभामुख रिपब्लिकन पार्टीका पर्ल रायनले विशेष काउन्सुल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानलाई ज्ञापन सार्वजनिक गर्दा हुने कुनै असर नपर्ने बताएका छन् ।

Comments