• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
दमक महोत्सवबाट २३ लाख नाफा (भिडीयाे सहित)
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४

दमक १९ माघ । झापाको दमकमा सम्पन्न पाँचौ दमक महोत्सवबाट २३ लाख बढी नाफा भएको छ ।  दमक उद्योग वाणिज्य संघको अयोजनामा यहि पौष २७ देखी माघ ८ सम्म संचालन भएको महोत्सबबाट आयोजकले नाफा गर्न सफल भएको हो ।

दमक उद्योग बाणिज्य संघले आज आफनै सभाहलमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र ढकालले सो महोत्सवबाट २३ लाख ५८ हजार १ सय ८८ रुपैया खुद नाफा गर्न सफल भएको बताउनु भयो ।

एक लाख बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गरेको अनुमान गरिएको महोत्सवमा ५ करोड बढिको कारोवार भएको आयोजकले जनाएको छ । यसैगरि सो महोत्सवमा विभिन्न शिर्षकमा गरि १२ लाख ९१ हजार ६ सय २३ रुपैया खर्चभएको ढकालले जानकारी दिनुभयो ।

यसै गरि पत्रकार सम्मेलनमा यस वर्षको महोत्सवले विगतमा सम्पन्न भएका महोत्सवहरु भन्दा ऐतिहासिक सफलता हासिल गरेको पनि आयोजकले दावि गरेको छ ।

Comments