• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
खेलकुद
मोफसलकै पुरानो अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप शनिबार सुरु हुदै
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४

धरान  मोफसलकै सबै भन्दा पुरानो अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोलिदेखि शुरु हुदैछ ।

शनिवारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । आयोजकले  धरानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारे जानकारी दिएको हो ।

विगतमा धरान १७ एन्फा एकाडेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्माण सम्पन्न भएसंगै ६ बर्ष पछि धरान १६ को पुरानै रंगशालामा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो ।

प्रतियोगितामा नेपालाका ए डिभिजन क्लब, र भारतका गरी ८ टिमले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो । यो प्रतियोगिता धरानलाई क्षेत्रीय रंगशाला बनाउने अभियानका रुपमा पनि आयोजना गर्न लागेको अध्यक्ष राईले बताउनुभयो ।

प्रतियोगितालाई अझ भव्य बनाउन यस पटक पुरस्कारको राशी समेत बढाइएको आयोजकले जनकारी दिएको छ । प्रतियोगितामा विजेताले ६ लाख, र उपबिजेताले ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । 

Comments