• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
स्वास्थ्य
धनकुटाको महालक्ष्मी नगरपालिकामा आमाबच्चा पोषण कार्यक्रम सुरु
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४

धनकुटा । गर्भवती आमा र तिनबाट जन्मने नवजात शिशुको शारिरिक तथा बौद्धिक तन्दुरुस्तीका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले आमाबच्चा पोषण कार्यक्रम सुरु गरेको छ ।



गर्भावस्थाका लागि आवश्यक पौष्टिक आहारको कमि, गर्भ र सुत्केरी पछिको स्वस्थता तथा सुरक्षा सम्बन्धि ज्ञानको कमिले आमा बच्चाको स्वास्थ्य र भविष्य जोखिममा परेको भन्दै त्यस्तो समस्या न्यूनिकरणका लागि आमाबच्चा पोषण कार्यक्रम सुरु गरिएको हो ।

स्वास्थ्य केन्द्रमा नियमानुसार अनिवार्य गर्भ जाच गराउने महिलाले हरेक पटक पाच सय रुपैया प्रोत्साहन रकम पाउने छन् ।

यस्तै स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँने महिलाले सरकारले दिनेबाहेक प्रोत्साहन स्वरुप थप तीनहरजार रुपैया प्रोत्साहन रकम पाउने नगरपालिका कार्यालयले जनाएको छ ।

यस अन्तर्गत २४ हजार आठ सय जनसंख्या रहेको धनकुटाको महालक्ष्मी नगरपालिका भीत्रका साविक जीतपुर, लेगुवा, चानुवा, डा“डागाउ“, मुर्तिढुंगा र मारेककटहरे गाविसका गर्भवति महिला लाभान्वित हुनेछन् ।

Comments