• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
बिजनेस
अम्लिसोको कुचो भारत निर्यात ठप्प भएपछी किसान मारमा
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४

झापा । पूर्वी पहाडी जिल्लामा उत्पादन हुदै आएको अम्लिसोको कुचो भारत निर्यात ठप्प भएको छ । भारतले बिनाकारण नेपालमा उत्पादित अम्लिसोको कुचोको निर्यात रोकिदिएपछि नेपाली किसानको गोदाममा करोडौं रुपैयाँ पर्ने अम्लिसो थन्किएको छ । इलाम, पाचथर, ताप्लेजुङ र धनकुटामा बढी अम्लिसो उत्पादन हुने गरेको छ ।

मेचीका तीन जिल्लामामात्रै वार्षिक ८० हजार मेट्रिकटनभन्दा बढी कुचो उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित अम्लिसो कुचोको मुख्य बजार भारत हो । अहिले कुचो निर्यातको मुख्य सिजन हो । तर, भारतले निकासी रोकिदिँदा किसानलाई समस्या परेको इलामका कुचो व्यापारी खड्गबहादुर कार्कीले बताउनुभयो ।

वहाले कुचो निकासीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । कुचोको उत्पादन हुने सिजनमा कारोबार ठप्प भएपछि अम्लिसो खेतीमा लागेका पूर्वी नेपालका हजारौं किसान चिन्तित भएका छन् ।

व्यवसायीले किसानसँग किनेको कुचो निकासी नहुँदा गोदाममा नै थन्काएर राखेका छन् । निकासी रोकिएपछि व्यवसायीले किसानसग कुचो खरिद गर्नसमेत बन्द गरेका छन् । भारतले निकासी रोकिदिएपछि मूल्यमासमेत गिरावट आएको इलाम नगरपालिका–१ का किसान टीकाराम दाहालले गुनासो गर्नुभयो ।

पूर्वीनाका काँकडभिट्टाबाट बर्सेनि ६०० देखि ७०० ट्रक कुचो भारत निकासी हुदै आएको मेची भन्सार कार्यालयले जनाएको छ । तर, एकाएक नेपालको अदुवा रोकिएझैं कुचोको निकासी पनि रोकिएपछि पूर्वी पहाडी जिल्लाका किसान दोहोरो मारमा परेका छन् । उनीहरुले कुचो निकासीको वातावरण मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् ।

Comments