• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
अन्तर्राष्ट्रिय
भारतमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४

एजेन्सी । भारतको पश्चिम बंगालमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ । पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ ।

चालकले अर्काे सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महिला र बालबालिका समेत गरी ३६ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु ६ जना पौडिएर बाहिर निस्केका थिए । गम्भिर घाइते ८ जनालाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । 

Comments