• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
अन्तर्राष्ट्रिय
अफगानीस्तानमा आत्माघाती आक्रमणमा मृत्यु हुनेको  सङ्ख्या ९५ पुग्याे
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४

एजेन्सी । अफगानीस्तानको राजधानी काबुलमा शनिबार भएको आत्माघाती आक्रमणमा मृत्यु हुनेको  सङ्ख्या ९५ पुगेको छ । १ सय ५८ जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बीबीसीले जनाएको छ । घटना त्यहाँको आन्तरिक मन्त्रालय नजिकै घटाउने योजना भएको हुनसक्ने आशंका गरिएको छ ।

युरोपियन युनीयन, अस्पताल र किनबेच गर्ने स्थान नजिकै गराइएको सो आक्रमण स्थानीय समयअनुसार शनिबार १२ बजेर १५ मिनेटमा भएको थियो । अफगान सरकारले सो घटनाको भर्सना गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपले घटनापछि तालिवान बिरुद्ध ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

सयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसले उक्त घटना मानवता बिरुद्ध भएको टिप्पणी गर्नुभएको छ । अफगानीस्तानमा गएको अक्टोबर महिनामा एक हप्ताभित्र १ सय ७६ जना अफगानिस्तानीले ज्यान गुमाएका थिए ।

त्यस्तै गएको मे महिनामा काबुलमै भएको आत्माघाती बम आक्रमणमा १ सय ५० जनाले ज्यान गुमाएका थिए । तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । यसअघि काबुलको एक सुविधा सम्पन्न होटलमा तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ जनाको ज्यान गएको थियो ।

Comments