• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
स्वास्थ्य
पथरीमा ४ स्वास्थ्य स्वयमसेविका सम्मानीत
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४

पथरी, १३ माघ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि क्रियाशिल ६० वर्ष उमेर नाघेका ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई आज नगरपालिका कार्यालयले दीर्घकालिन सेवा सम्मान गर्दै विदाई गरेको छ ।

   महिला स्वास्थ्य स्वयमसेविका दिवशको अवसर पारेर स्थानीय वाँसेचौरीमा वनभोज सहितको कार्यक्रमकाबीच सम्मानित हुनेमा, वडा नम्बर की चन्द्रकुमार कन्दङ्वा, ३ की कृष्णकुमारी थापामगर, ४ की अञ्जला विश्वकर्मा र राधिकादेवी भट्टराई रहनु भएको छ ।

  उहाँहरुलाई जनही ६५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । नेपाल सरकारले जनही १० हजार उपलब्ध गराएकोमा नगरपालिकाले ५० हजार र महिला स्वास्थ्य स्वयमसेविका कोषबाट ५ हजार गरी जनही ६५ हजार वराबरको रकम जम्मा गरी सम्मानित गरिएको हो ।

   कार्यक्रममा, नगरप्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, पथरी स्वास्थ्यकेन्द्र प्रमुख मुरारी आचार्य सहितले सम्मानित गर्दै महिला स्वास्थ्य स्वयमसेविका लागि यसखाले अवकासमा सम्मानको परम्पराको थालनी गरेको बताउनु भयो ।

Comments