• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
मोफसल समाचार
उर्लावारी ६ की मनकुमारी दर्जीलाई राहत हस्तान्तरण
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४

उर्लाबारी १२ माघ । मोरङको उर्लावारी ६ निवासी  २४ वर्षीया मनकुमारी दर्जीलाई राहत हस्तान्तरण गरिएको छ ।

मुटुमा परेको भल्व फेर्नु पर्ने भएपछि आर्थीक अवस्था कमजोर भएर थलिएर बस्नु भएकी  दर्जीलाई आर्थीक संकलन गरि राहत हस्तान्तरण गरिएको हो । नेप्लिज टिन्स दमकले केहि दिन अघि दमकमा चिया बाँढेर र बिभिन्न ठाउमा गएर चन्दा संकलन गरि आर्थीक सहयोग संकलन गरेको थियो ।

दमक, पथरी र गौरिगञ्जका बिभिन्न ठाउँमा बिभन्न कार्य गरि ५७ हजार ३ सय ७९ रुपैयाँ संकलन गरि पीडितकी हजुरआमा कृष्णमाया राईलाई हस्तान्तरण गरिएको थियो ।

उर्लावारी ६ का वार्ड अध्यक्ष चिन्तामणी पौडेलको उपस्थितीमा नेप्लिज टिन्सको समुहले राहत हस्तान्तरण गरेको हो । पीडित मनकुमारीलाई हाल उपचारका लागि काठमाडौ लगिएको हजुरआमा कृष्ण राईले जानकारी दिनु भयो ।

Comments