• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
बिजनेस
सुबिसु क्यान इन्फोटेक २०१८ बिहीबारदेखि काठमाडौमा सुरु
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४

काठमाण्डौ । सुबिसु क्यान इन्फोटेक २०१८ बिहीबारदेखि काठमाडौमा सुरु भएको छ । काठमाडौको भृकुटिमण्डपमा सुरु मेलाको सुचना तथा सञ्चारमन्त्री मोहन वहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।

माघ १६ गतेसम्म चल्ने २४ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु केवलनेट प्रालि रहेको छ । त्यस्तै, एसोसिएट प्रायोजक मोटोरोला रहेको छ । सुविसु क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला’ मा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक,  टेलिकम्युनिकेशनस, आई सी टी कलेज तथा ट्रेनिङ ईन्स्टिच्युटस, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्स्का स्टलहरु रहेका छन् ।

यस वर्षको क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई रु एक सय र विद्यार्थीहरुलाई ५० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

 सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिएको क्यानले बताएको छ । 
 

Comments