• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
अन्तर्राष्ट्रिय
साँढेलाई नियन्त्रणमा लिन नसक्दा भारतमा ३ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४

एजेन्सी । भारतको तमिलनाडुका दुई स्थानमा आयोजना गरिएको साढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ । घटनामा सय जना घाइते भएका छन् ।

भारतमा बर्सेनी आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा सो घटना भएको हो ।

वर्सेनी आयोजना हुने यो खेलमा अप्रिय घटना हुन थालेपछि भारत सरकारले प्रतिबन्ध लगाएको थियो ।

यद्यपी भारतभर यसको विरोध हुन थालेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विशेष गरी साँढेलाई निर्धारित बाटोमा दौडाएर नियन्त्रणमा लिने यो खेलको नियम रहेको छ ।

यद्यपी सँढेले नियन्त्रण गुमाउदा यस्ता घटना हुने गरेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Comments