• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
स्वास्थ्य
पाँचथरका स्वास्थ्य चौकीमा सेवा प्रवाहमा लापरवाही
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४

पाँचथर । स्वास्थ्य चौकीबाट सेवा लिन आएका पाँचथरका सर्वसाधारणले भने जस्तो सेवा नपाएको गुनासो गरेका छन् । पाँचथर जिल्लाका अधिकांश स्वास्थ्य चौकीबाट सेवा लिने क्रममा स्वास्थ्यकर्मी नहुनु, औषधि नपाउनु र पूर्वाधारको अभावमा सर्वसाधारणले सेवा नपाएको गुनासो गरेका हुन् ।

त्यसै गरी भौगोलिक कठिनाइका कारण पनि कतिपय स्वाथ्य चौकीबाट नागरिकले भनेजस्तो सेवा पाउन सकेका छैनन् । स्वाथ्यकर्मी, औषधि, साधरण यन्त्र उपकरण र पूर्वाधार अभाव तथा भौगोलिक कठिनाइले सामान्य उपचार समेत दिन नसकेको पाँचथर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर पवनकुमार साहको भनाइ छ ।

पाँचथरमा एक अस्पताल, दुइ प्राथमिक स्वाथ्य केन्द्र, २४ स्वाथ्य चाकी, २३ उपस्वाथ्य चौकी, ४ आयुर्बेदिक औषधालय छन् ।

तर कतिपय स्वाथ्य चौकीबाट सामान्य उपचार समेत हुन नसक्ने अवस्था पनि छन् । यस्ता समस्याका कारण स्वाथ्यकर्मीबाट चाहे जस्तो सेवा प्रवाह गर्न नसकेको डाक्टर साहको भनाई छ ।

पाँचथरको सुदुर उत्तर याङ्वरक गाँउपालिकाको च्याङथापु, फलैचा, फालेलुङ गाँउपालिकाको मेमेङ्, प्राङ्बुङ, सुदुर दक्षिण मिक्लाजुङ गाँउपालिकाको लिम्बा, दुरदिम्बामा यस्तो समस्या खेप्नु परेको हो । सामान्य उपचार पाउन नसेका सर्बसाधरणलाई सेवा लिन सदरमुकाम फिदिम बजार पुग्न बाध्य छन् ।

त्यसमा पनि घण्टौ समय लाग्ने गरेको सर्वसाधारणको दुखेसो छ । स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा सर्वसाधरणले सर्वसुलरुपमा स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद पक्ष बनेको छ । मौलिक अधिकारको रुपमा सुरक्षित स्वास्थ्य सेवाको सुलभ पहुँचमा ध्यान दिन सरकारले थप तदारुकता देखाउन आवश्यक छ ।

Comments