• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
  • हात्तीको आक्रमणमा परि झापाको बिर्तामोडमा २ जनाको मृत्यु
  • नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज जिम्बाबे जाँदै
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा
  • आजदेखि झापा सहित २४ जिल्लामा हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाईदै
स्वास्थ्य
धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा
प्रकाशित मिति: आइतबार, पौष ३०, २०७४

स्थापनाको ८५ बर्ष पछि जिल्ला अस्पताल धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा आएको छ ।  

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाको लागतमा नयाँ आधुनिक  भिडियो एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । एक्सरे सेवा सञ्चालनमा आए संगै अस्पतालमा बिरामीको चाँप बढेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

एक्सरे गर्न  दैनिक बिस भन्दा बढि बिरामी अस्पताल आउने गरेका छन् । कलेजो, मृगौला फियो, पाठेघर साथै पेट भित्रका समस्या लगायत सबै प्रकारको एक्सरे जिल्ला अस्पतालमै हुन थालेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख डाक्टर फडिन्द्र बरालले जानकारी दिनु भयो ।

आधुनिक एक्सरे मेसिन जिल्ला भित्रिए संगै धनकुटा सहित छिमेकी जिल्लाका बासिन्दाले एक्सरे गर्नकै लागि तराइ झर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यस अघि अस्पतालमा रहेको मेसिनले गर्भवतिहरुको मात्र एक्सरे हुने गरेको थियो । 

Comments