• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • २ बर्षभित्र प्रदेश १ लाई पुर्ण साक्षर प्रदेश बनाउने :सामाजिक विकास मन्त्री घिमिरे
  • आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
  • बिद्युत सुबिधा पाएपछि ओखलढुंगाको मानेभञ्ज्याङ बासीको मुहारमा खुसी
  • यातायात व्यवसायी महासंघकाे आन्दाेलन :सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम
  • भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको मृत्यु ,सडकमा समेत क्षती
राष्ट्रिय
शनिबारदेखि मौसममा सामान्य सुधार आउने
प्रकाशित मिति: शुक्रबार, पौष २८, २०७४

२८ पुस । अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु लागेको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा छ । 

पश्चिमी वायुको प्रभावले अहिले पश्चिमको मौसम बदली भएको मौसमविद्ले बताएका छन् । यसकै प्रभावले आज उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छ । तर पानी पर्ने संभावना भने छैन ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले आज राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना भने छैन । पश्चिमी वायु हटेपछि भोलिदेखि भने मौसममा सामान्य सुधार आउने उहाँको अनुमान छ ।

Comments