• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
शृङ्खलाबद्ध हत्यामा स‌ंलग्न दोषी पत्ता लाग्न सकेन
प्रकाशित मिति: शुक्रबार, पौष २८, २०७४

खोटाङ २८ पुस । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन ।

२०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो ।

घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताउनु भयो । घटनापछि नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन सकेको छैन ।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानुनी कठ्घरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटक–पटक प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन् ।
 

Comments