• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
माओवादी केन्द्रका मन्त्रीहरू सरकारबाट फिर्ता हुदै
प्रकाशित मिति: शुक्रबार, पौष २८, २०७४

काठमाडौ २८ पुस । माओवादी केन्द्रका मन्त्रीहरू आजदेखि सरकारबाट फिर्ता हुँदैछन् । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता हुन लागेका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन आज पत्र पठाउने माओवादीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा गरेका थिएनन् ।

Comments