• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
बिजनेस
कञ्चनपुरमा खाद्य मेला शुरु
प्रकाशित मिति: बिहीबार, पौष २७, २०७४

कञ्चनपुर, पुस २७ कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक खाद्य मेला शुरु भएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा बिहीबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोल वजारमा खाद्य मेला २०७४ शुरु भएको हो ।
परम्परागत पोषिला स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण खाने बानीको विकास गर्नका लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ । 
मेलाको सुदूरपश्चिमाञ्चल खाद्य क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले उद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै क्षेत्रीय प्रशासक पौडेलले खाद्य मेलाबाट परम्परागत खाद्य परिवारको प्रर्बद्धन गर्नुपर्नेमा जोडदिएका छन । परम्परागत खाद्य परिकारलाई व्यवसायिकरणमा गर्नु समेत उहाको भनाई थियो
परम्परागत पोषिला खाने परिवारको प्रर्बद्धनका लागि मेला आयोजना गरिएको र आजभोली उपभोक्ताले बजारमा पाईने मसलादार खाद्य बस्तुको उपभोग गर्दा मानिसको स्वास्थ्यमा असर पुग्ने भएकाले  खाने वानी व्यवहार परिर्वतनका लागि चेतना सर्वसाधारणमा पुगोस भन्ने ध्ययका साथत मेला आयोजना गरिएको आयोजक ले जनाएको छ ।
 जिल्लामा पहिलो पटक आयोजना गरीउको खाद्य मेला मा स्थानीय परम्परागत पोषिला खाने परिकार। सुदूरपश्चिमेली पहाडी ,थारु समुदायको मौलिक खाद्य मकै, कोदो, फाफर, च्याउ, घोगि,माछा लगायतका विभिन्न खाकाका परिकार राखिएका छन् । 
उद्घाटनका दिन सुदूरपश्चिमको छलिया, थारु नृत्य समेत प्रर्दशन गरिएको छ । मेलामा दैनिक स्थानीय साँस्कृतिक कार्यक्रम, यस क्षेत्रका विभिन्न समुदायको लोक संस्कृति प्रर्दशन, नृत्य प्रस्तुत गरिने छ ।
 मेलामा अवलोकनका लागि निःशुल्क प्रवेसको व्यवस्था गराईएको छ ।

Comments