• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
दमकमा दुईदिने जिल्ला स्तरिय बिज्ञान तथा वातावरण प्रदर्शनी  सुरु
प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

दमक २६ पुस ।  झापाको दमकमा आजदेखी दुईदिने जिल्ला स्तरिय बिज्ञान तथा वातावरण प्रदर्शनी  सुरु भएको छ । दमक २ स्थित हिमालय माद्यमीक विद्यालयमा सुरु जिल्ला स्तरीय अन्तर बिद्यालय प्रदर्शनीमा बिभिन्न बिद्यालयका ३० वटा प्रदर्शनी स्टलहरु रहेका छन् ।

झापाको बाह्रदशी गाउँपालिका स्थित गौरीशंखर माद्यमीक बिद्यालय कक्षा १० मा अध्यनरत  सरीता पंण्डित बिज्ञान तथा वातावरण प्रदर्शनीको स्टलमा भेटिनु भयो । सरीताले स्टलमा हाइड्रोलिकवाट चल्न सक्ने पुल बनाएर प्रदर्शन गरिरहनु भएको छ । 
   
प्रदर्शनीमा जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले कक्षा कोठामा पढेका कुराको  ब्यवहारीक प्रयोगले विद्यार्थीहरुमा थप हौसाल पुग्ने बताउनु भयो ।

यस्तै हिमालय माध्यमिक विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष तिर्थनारायण बस्नेतले नेपाल सरकारले नमुना बिद्यालयको रुपमा घोषणा गरेकोले त्यसकालागि आवश्यक पर्ने सबै खाले पूर्वाधार  निर्माणमा पनि उतिकै चासोका साथ काम भइरहेको बताउनु भयो ।



करिव ४ लाख रुपैया खर्च गरिएको प्रदर्शनी पुस २७ गते सम्म सञ्चालन हुदै छ । प्रदर्शनीको समापन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

Comments