• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
अत्याधिक फोहरका कारण जनकपुरधाम दुर्गन्धीत बन्दै
प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

जनकपुर  । मिथिलाको प्राचीन नगरी जनकपुरमा अत्याधिक फोहरका कारण जनकपुरधाममा आउने पर्यटकहरुले खिन्नताको महसुस गर्ने गरेका छन । 

जनकपुर धाममा दैनिक  सयौंको संख्यामा भारतीय पर्यटकहरु समेत आउने गरेका छन । याहा आउने  पर्यटक तथा भक्तजनहरुलाई जनकपुरको जानकी मन्दिर सहित विभिन्न मठमन्दिरहरुले आकिर्षत गर्ने गरेको छ । तर धामक्षेत्रको फोहोर उचित व्यावस्थापन हुन नसक्दा याहाँ आउने भक्तजन तथा पर्र्यटकहरु खिन्न मन लिएर फर्कने गरेका छन ।

 

जनपुर उपमहानगरपालिकाको आफनो ‘डम्पिङ साइट’ नहुदा सडक पेटीमै फोहर फ्याँक्ने गरिएको छ । जनकपुरलाई २ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्र्दै दिनहुँजसो राजनीतिक कसरत हुने गरेको छ । तर फोहर फाल्ने स्थायी ठाउँको अभावमा जनकपुर दुर्ग्न्धित समेत बन्दै जादा  मृत सहर जस्तै बन्दै गएको छ ।

जनकपुर उपमहानगरपालिकाभित्र हाल दैनिक २५ टन फोहर निस्कने गरेको छ । त्यसको विसर्जन भने ऐतिहासिक बेला नदी किनार, जिरोमाइल, मुजेलिया, पिराडीको सडक छेउमै गरिदै आएकोे छ । फोहोर बढदै जाँदा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरेको जनगुनासो आउन थालेको छ ।

यसैगरि जनकपुरको म्ुख्य क्षेत्र मानिएको शिव चोकस्थित होटल वेलकमबाट निस्कने फोहरका कारण त्यहाँका व्यापारीलगायत सर्वसाधारणहरु नाक थुनेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन । जनकपुरको पहिचानको मुख्य आधार यहाँको मठमन्दिर हुन् ।

यहाँ देश विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत भारतीय पर्यटक रहेका छन् तर जनकपुरको दुरवस्था देखेपछि पुनः फर्केर आउने उनीहरुको मन हुँदैन । यो संगै धाम क्षेत्रमा सुँगुरको बथान, बन्द ढल तथा सरसफाइको अभावका कारण जनकपुर नगर दिन प्रतिदिन कुरुप समेत बन्दै गएको छ ।

नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न वार्षिक रु एक करोडभन्दा बढी रकम खर्च हुने गरेको भएपनि नगरको सरसफाईमा कुनै प्रभाब परेको देखिदैन ।
 

Comments