• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • २ बर्षभित्र प्रदेश १ लाई पुर्ण साक्षर प्रदेश बनाउने :सामाजिक विकास मन्त्री घिमिरे
  • आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
  • बिद्युत सुबिधा पाएपछि ओखलढुंगाको मानेभञ्ज्याङ बासीको मुहारमा खुसी
  • यातायात व्यवसायी महासंघकाे आन्दाेलन :सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम
  • भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको मृत्यु ,सडकमा समेत क्षती
राष्ट्रिय
दमक महोत्सवलाई लक्षित गरी आज सरसफाइ कार्यक्रम सम्पन्न
प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

दमक २६ पुस । झापाको दमकमा २७ गते बाट सुरु हुने दमक महोत्सवलाई मध्यनजर गर्दै दमक नगरपालिका र दमक बाणिज्य सघको आयोजनामा बुधबार दमकमा सरसफाइ गरीएको छ ।

दमक चोक देखी बाणिज्य संघको कार्यलय हुदै महोत्सव स्थल सम्मको बाटो सफाइ गरीएको छ। उक्त कार्यक्रममा विभिन्न संघ सस्था ससस्त्र प्रहरी पाथिभरा गण, इलाका प्रहरी कार्यलय दमक, दमक जेसिस, दमक रन लागायल एक दर्जन बढी संघ सस्थाका प्रंतिनिधीको उपस्थिती रहेको थियो ।

बाणिज्य संघ का सदस्य तथा महोत्सव सरसफाइ संयोजक कृष्णराज दाहालका अनुसार दमक महोत्सव का लागि सरसफाइको आयोजना गरीएको हो तर आगामी दिनमा पनि सबै मिलेर सरसफाइ गर्नु पर्ने बताउनु भयो । उत्त कार्यक्रममा बाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकालले महोत्सवको तयारी लगभग सकिएको जानकारी दिनु भएको थियो ।

Comments