• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
“बाँचुन्जेली जिन्दगी” को छायाकंन सकियो
नगेन्द्रमणी न्यौपाने प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

दमक,  गायक तिर्थराज राईको शब्द संगीत र स्वर रहेको नेपाली आधुनिक गीत “बाँचुन्जेली जिन्दगी” को छायाकंन सकिएको छ । यो गीतमा गायक राईलाई सम्झना ओलीले स्वरमा साथ दिएकी छन् । 

पारिवारीक कथाबस्तुमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियोको छायाकंन दमक आसपासका क्षेत्रहरुमा गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायाकंन रहेको “बाँचुन्जेली जिन्दगी”को म्यूजिक भिडियोमा रेखा लिम्बु, हेमनहाङ्ग राई, स्नेह भण्डारी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

भर्जिन लिम्बुको निर्माण व्यावस्थापनमा छायाकंन गरिएको म्युकिज भिडियोमा सोम मग्रातीको श्रृङार रहेको छ भने आदम ब्राण्डेड वोयर्सको पोशाक शज्जा रहेको छ । “बाँचुन्जेली जिन्दगी”को म्युजिक भिडियोलाई आगामी माघको पहिलो साता भित्र सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ ।
 

Comments