• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
राष्ट्रिय
बहसका लागि डा केसी अदालतमा उपस्थित
प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

काठमाण्डौ २६ पुस  अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसी सर्वोच्च अदालत पुग्नुभएको छ ।  आज हुने बहसका लागि डा केसी अदालत उपस्थित हुनुभएको हो । डाक्टर गोविन्द केसीको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत सुनुवाइ पनि आजै हुँदैछ ।

अदालतको मानहानिको विषयमा केसीको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्न बाँकी रहेकाले सुनुवाइ हुन लागेको हो । केसीको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल तथा विपक्षमा रमन श्रेष्ठले बहस गर्दै हुनुहुन्छ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मंगलबार बयान गराइएको थियो । मंगलबारको बयानमा डा. केसीले आफूले अदालतको अवहेलना नगरेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले उनीबाटै अवहेलना भएको बताउनुभएको थियो ।

केसीले प्रधानन्यायाधीशले दुई ठाउँबाट नागरिकता लिएको, उमेर सच्याएको, शैक्षिक प्रमाणपत्र नक्कली भएको, मेडिकल कलेजसम्बन्धी मुद्दाहरुमा विवादास्पद फैसला गरेको लगायतका आरोप लगाउनुभएको छ ।

Comments