• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
स्वास्थ्य
गौरिगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
प्रकाशित मिति: मंगलबार, पौष २५, २०७४

दमक । झापाको गौरिगञ्ज गाउँपालिकामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाईन्स  क्लव  अफ दमक माउण्ट एभ्रेष्टले आयोजना गरेको शिविरमा स्थानिय ९ सय भन्दा बढि स्थानियले स्वास्थ्य परिक्षण गरेको कार्यक्रम संयोजक मनोज अग्रवालले बताउनु भयो ।

 बिराटनगरको नोबेल अस्पतालले चिकित्सक तथा अन्य प्राबिधिक सहयोग गरेको स्वाश्थ्य शिविरमा बिभिन्न औषधी ब्यवसायीहरुले पाँच लाख रुपैया बढिको औषधी सहयोग गरेको क्लवका अध्यक्ष रुद्र प्रसाद गौतमले जानकारी दिनु भयो ।

 गौरिगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दमकका चिकित्सक बुद्धि शेखर भट्टराई लगायतले समेत सहगोग गर्नु भएको थियो ।


 

Comments