• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत
  • असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिसत मात्र रोपाइ
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट
  • डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउदै चिकित्सकद्वारा देशभरकै अस्पतालमा सेवा ठप्प
  • गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
राष्ट्रिय
नवलपरासीमा सवारी दुर्घटना हुंदा २ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष २५, २०७४

नवलपरासी २५ पुस । नवलपरासी  (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा आज सवारी दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ, भने ६ जना गम्भीर घाईते भएका छन् ।  

भैरहवा भुमई पाईपास सडक अन्तर्गत जिल्लाको रामग्राम नगरपालिका–१२ जमुवाडमा ट्रक र माईक्रोबस एक आपसमा ठोक्कींदा दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाईते भएका ८ जना मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बसमा सवार रामग्राम नगरपालिका २ परासी बस्ने ३५ वर्षका अरविन्द ठाकुर र बसका सहचालक रामग्रामकै वडा नं. ५ बस्ने २६ वर्षका जितेन्द्र कुमार पाण्डे रहेको प्रहरी कार्यालय जनाएको छ ।

बांकी ६ जना गम्भीर घाईते मध्ये ५ जनाको उपचार भुमहीको एक सामुदायिक अस्पतालमा भैरहेको छ भने १ जनालाई थप उपचारका लागि रुपन्देहिको क्रिम्सन अस्पताल मणिग्राममा लगिएको प्रहरीले जानकारी दिएको छ ।

Comments