• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
राष्ट्रिय
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू
प्रकाशित मिति: मंगलबार, पौष २५, २०७४

ताप्लेजुङ २५ पुस  । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार भित्रै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने सहचालक घाईते भएका छन् । सदरमुकाम स्थित तोक्मेडाँडाबाट हेलिप्याड तर्फ आउँदै गरेको मे १ त ३२४५ नंबरको ट्याक्टर विपरीत दिशाबाट आईरहेको ससस्त्र प्रहरीको भ्यानलाई साईड दिएर अघि जाँदा भित्तामा ठोकिएर सडकमा नै पल्टिएको हो ।

दुर्घटनामा चालक फुङ्लिङ नगरपालीका ३ सिम्लेका सरोज सुनुवारको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका ईन्चार्ज टंक न्यौपानेले जानकारी दिनुभयो । नाम नखुलेका सहचालक भने घाईते भएका छन् ।

घाईतेको तमोर अस्पतालमा उपचार भईरहेको छ । अत्याधिक गतिका कारण ट्याक्टर ससस्त्र प्रहरीको भ्यानको लुकिङ् ग्लासमा ठोकिएपछि सडकमा पल्टिएको प्रत्यक्षदर्सि गोपाल बरालले बताउनुभयो । चालकको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यू भएको बताईएको छ ।

Comments