• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
मोफसल समाचार
झापाको कमल गाउँपालिकामा यात्रुबस दुर्घटना,५ जना घाइते
प्रकाशित मिति: आइतबार, पौष २३, २०७४

दमक २३ पुस । झापाको कमल गाउँपालिका ७ स्थित ठुलो बाह्रघरे नजिक यात्रुबस दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।

दिउसो करिब १ बजे दमक बाट यात्रु लिएर गौरादहको बालुबथान जादैगरेको मे १ ख २५२२ नम्बरको यात्रुबस दुर्घटनामा परेको हो ।

बसको स्टेरिङ्ग लक भएपछि बस सडक छेउको नालीमा खसेको प्रहरीले जनाएको छ ।  घाइते सबैको दमक हस्पिटलमा उपचार भइरहेको छ ।

घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Comments