• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
अकबरे खोर्सानीले राम्रो मुल्य नपाउदा तेह्रथुमका किसानलाई घाटा
प्रकाशित मिति: शुक्रबार, पौष २१, २०७४

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मुल्य नपाउँदा किसान चिन्तित बनेका छन् ।  वर्षेनि उत्पादन बढ्दै गएपनि बजार व्यवस्थापनका लागि कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको किसानको गुनासो छ ।

बजार भाउ घटेपछि व्यवसायिक खेती गरिरहेकाहरु निराश बनेका छन् । गत वर्ष यो सिजनमा अकबरे न्युनतम ३ सय ५० रुपैयाँदेखि साढे पाँच सय रुपैयाँसम्ममा कारोबार भएको थियो । तर यो वर्ष हाल एक सय रुपैयाँदेखि एक सय पचास रुपैयाँमा मात्रै कारोबार भइरहेको छ ।

उत्पादन बढी भएपछि बजार मुल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताउनुभयो ।  हरेक वर्ष अकबरे खोर्सानीको बजार जेठ मशान्तदेखि सुरु हुन्छ ।

यो वर्षपनि सुरुवातमा हरियो खोर्सानीको कारोबार ४ सय रुपैयाँ सम्म समेत भयो । तर यही सिजनमा ह्वात्तै घटेर अकबरेको मुल्य एक सय रुपैयाँमा झरेको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष जिल्लामा १२ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टर जमीनमा लगाएको खेतीबाट ३ सय १२ मेट्रिक टन उत्पादन गरेका थिए । 

Comments