• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • २ बर्षभित्र प्रदेश १ लाई पुर्ण साक्षर प्रदेश बनाउने :सामाजिक विकास मन्त्री घिमिरे
  • आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
  • बिद्युत सुबिधा पाएपछि ओखलढुंगाको मानेभञ्ज्याङ बासीको मुहारमा खुसी
  • यातायात व्यवसायी महासंघकाे आन्दाेलन :सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम
  • भारत पश्चिम बंगालमा तुफानमा परि ११ जनाको मृत्यु ,सडकमा समेत क्षती
स्वास्थ्य
जिल्ला अस्पताल संखुवासभामा चिसोका कारण बिरामीको चाप उच्च
प्रकाशित मिति: बिहीबार, पौष २०, २०७४

संखुवासभा । संखुवासभामा चिसो बढेसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्यामा बृद्धि हुन थालेको छ । जिल्ला अस्पताल खाँदबारीमा चिसोका कारण बिरामीको चाप बढेको छ । एकसाता देखि दैनिक करिब १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

चिसो ह्वातै बढेका कारण अस्पतालमा निमोनिया, रुघाखोकी, छाला र दमका विरामी बढेको पाइएको छ । जिल्लाका अन्य स्वास्थ्य चौकीहरुमा पनि बिरामीको चाप बढेको छ । 

बिशेष गरी जिल्लाको उत्तरी क्षेत्र किमाथांका, हटिया, मकालु र चेपुवाको तापक्रम सून्य डिग्रीसम्म झर्ने भएकाले चिसोका बिरामी बढी देखिएको हो । चिसोले दीर्घरोगी, रक्तचाप भएका तथा बालबालिका र वृद्धवृद्धालाई धेरै असर गरेको पाइएको छ ।

रुघाखोकी र ज्वरोका बिरामीलाई विशेष सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । ग्रामीण भेगमा स्वस्थ खानेकुरा र पानीको अभावसँगै बस्ने ठाउँ पनि न्यानो नहुँदा चिसोका बिरामी बढी हुने गरेको पाईएको छ । जाडो मौषममा आगो ताप्न, तातो झोल कुरा खान, उमालेको पानी मात्र पिउन चिकित्सकले सुझाब दिएका छन् ।

Comments