• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत
  • असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिसत मात्र रोपाइ
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट
  • डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउदै चिकित्सकद्वारा देशभरकै अस्पतालमा सेवा ठप्प
  • गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
अन्तर्राष्ट्रिय
पेरुमा यात्रुबाहक बस दुर्घटना, कम्तिमा ३६ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, पौष १९, २०७४

एजेन्सी । लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।  राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो ।

दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बसमा ५० यात्रु सवार रहेकाले मृतकको संख्या अझै केही बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

प्यासिफिक समुद्री किनाराको यो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ ।

पेरुकै खतारापूर्ण सडकमध्ये पर्ने यो सडकखण्डमा यसअघि पनि ठूला दुर्घटना भइसकेका छन् । पेरुमा सडक दुर्घटनाको कारण गत वर्ष मात्रै ३ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका थिए । 

Comments